अर्थ–बित्त

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी
निकासखबर संवाददाता

काठमाडौ, १३ फाल्गुन । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) रुट परमिट जारी गरेको छ । निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो । यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमति पत्र प्रदान गर्दै आएको थियो । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले सो श्रट परमित जारी गरेको हो । गत हप्तादेखि विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । म्याजिकल नेपाल प्रालिमार्फत तीन जना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी…

मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारको आह्वान
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । गृह मन्त्रालयलेले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको सो पत्रमा समस्या समाधानका लागि वार्तामा आउन मिटर व्याज पीडितहरुलाई बोलाइएको छ । अध्यक्ष कुशवाहालाई लेखिएको पत्रमा भनिएको छ, ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ । बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित…

सर्वोत्तम सिमेन्टको आईपीओ खुला
निकासखबर संवाददाता

काठमाडौ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेको छ । आजबाट सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको यस कम्पनीको आईपीओका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला गरिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण…

तीन हजार लघुवित्त पीडितहरू काठमाडौंमा
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोको भन्दै देशभरबाट झण्डै तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू राजधानी आएका छन् । उनीहरुले राजधानीमा ¥याली समेत निकालेका छन् । सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले दिएको जानकारी अनुसार देशभरबाट लघुवित्त पीडितहरु काठमाडौं आएका हुन् । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारीमा रहेको उनीहरुले बताए ।

सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता
निकासखबर संवाददाता

काठमाडौँ,२७ माघ । सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । सम्झौता अनुसार दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए । उनका अनुसार नेपालमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिने छ । स्विट्जरल्यान्डसँगको सम्झौतासँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।