अर्थ–बित्त

पोखराको पर्यटन व्यवसाय संकटमा
निकासखबर संवाददातापोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी गर्यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी गर्यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।…

नेपाल लाइफले ल्यायाे २०८० सालको क्यालेन्डर
निकासखबर संवाददाताकाठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेको क्यालेण्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी “किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएका…

काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित
निकासखबर संवाददाताकाठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०० बढी अभिकर्ता प्रशिक्षित गरेको छ । काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा सो संख्यामा अभिकर्ता प्रशिक्षित गरेको हो । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा दिइएको प्रशिक्षण करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनील जनाएको छ । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक लार्ई कार्यक्रम आयोजना गरिएको बिमा कम्पनीले बताएको छ । किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न…

घरघर पसेर मिटरब्याज पिडीतका आफन्त कुट्दै मिटरब्याजी
निकासखबर संवाददाताकाठमाडौं । काठमाडौमा मिटरब्याजी पीडितहरु धर्नामा रहेको बेता पनि पारिवारीक तनाबमा छन् । उनीहरु धर्नामा रहेका बेला गाउँमा घरघरमा पसेर मिटरब्याजीहरुले उनीहरुको परिवार र आफन्त कुटीरहेको खबरले झन तनाबमा रहेका हुन् । गाउँमा आफ्नो छोरामाथि कुटपिट भएको धनुषा बर्कुर्वाकी कलशियादेवी यादवले बताइन् । उनका १६ वर्षका छोरालाई स्थानीय मिटरब्याजी अशोक सदाको परिवारले कुटपिट गरेको खबर आए पछि उनको रुवावासी भएको छ । छोरालाई झुटो मुद्दा लगाएर कुटपिट गरेको खबरले उनी मात्र हैन सबै पिडीतहरु अब आफ्नो पिवारलाई कसले के गर्नेहुन् भनेर चिन्तामा रहेका छन् । यस विषयमा अिभयन्ता कुमार बर्तौलाले सवैलाको प्रहरी चौकीमा बुझ्दा कुटपिट गर्ने बाबु छोरी र पीडित…

गहुँ खेतीमा रगिन गरिँदै
निकासखबर संवाददाताटीकापुर । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका…