अर्थ–बित्त

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएकमाक छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । “त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले आआफ्नो…

गाउँसम्मै सडक कालोपत्र भएपछि फदिमबासी हर्सीत
निकासखबर संवाददातापाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न भएका छन्। सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन् । उत्पाददित सागसब्जी बजार पुर्याउन सकिएको अधिकारीको भनाइ छ । यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्ने गरेकाे र बूढापाकालाई त पाँच घण्टासम्म लाग्ने गरेकाे उनले बताए । सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस हुने गरेकाे बताउँदै उनले धुलो र हिलोले सास्ती खेप्नु पर्ने गरेकाे उनले बताए । फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको १० किलोमिटर सडक कालोपत्र भएपछि फिदिम पुग्न सहज भएको छ । समयमै फिदिम पुगेर…

विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो
निकासखबर संवाददाताकाठमाडाैं । अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्। अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्। यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
निकासखबर संवाददाताकाठमाडाैं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीहरुसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर…

डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख
निकासखबर संवाददाताकाठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा थुप्रै व्यक्तिले एक लाख पुरस्कार जितेका छन् । देवका आचार्य- रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल, एम्बिता राईले नगद एक एक लाख जितेका हुन् । सन्जु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ का डिलरबाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन। यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले…