नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं, १४ भदौ २०८० ।नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन । चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा चुच्चे नक्सा हटाएकोमा विरोध जनाउदै चीन भ्रमणमा नजाने निर्णय गरेका हुन । मेयर बालेन शाहले सामाजिक सञ्चालमा एक स्टाटस लेख्दै भनेका छन् ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलता माथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ चीनको निमन्त्रणामा मेयर साह ५…
यी १५ स्थानमा एसिया कप निशुल्क हेर्न पाइने
काठमाडौं, १३ भदौ २०८० ।इन्टरनेट सेवा प्रदायक वल्डलिंकले देशका विभिन्न १५ स्थानमा एसिया कपमा नेपालका खेलहरु निशुल्क देखाउने भएको छ । क्रिकेट संघ क्यानको कनेक्टिभिटी पार्टनरको रुपमा रहेको वल्र्डलिंकले १५ स्थानमा निशुल्क रुपमा खेल देखाउने तयारी गरेको हो । वल्डलिंकका अनुसार आज भदौ १३ गते नेपाल र पाकिस्तानबीचको खेल तथा भदौ १८ गते नेपाल र भारतबीचको खेल देखाइने छ । वल्डलिंकले विर्तामोडमा हनुमान कम्प्लेक्स, दमकमा डिएमएक्स सिनेमा, विराटनगरमा सेन्ट्रल मलको छेउमा, धरानमा घोपा ट्याक्सी स्ट्यान्ड अगाडी, राजविराजमा आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरमा राम मन्दिर घण्टाघर, गौरमा गौर राइस मिल तथा बिरगंजमा माईस्थान मन्दिरमा खेल देखाइने छ । त्यस्तै हेटौडामा हुप्राचौर, दमौलीमा अनसन चौतारी,…
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले एकैसाथ मागे सरुवा
काठमाडौं, १३ भदौ २०८० ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ कर्मचारीहरूले एकैसाथ सामहिक राजीनामा माग गरेका छन् । भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै ३५ अधिकृतसहितका कर्मचारीले सरुवा मागेका हुन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवामाग गरिएको कर्मचारीले निवदेनमा उल्लेख गरेका छन् । ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ निवेदनमा भनिएको छ । ‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार…
माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक
काठमाडौं, १३ भदौ २०८० ।माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार विहान (भदौ १३ गते) बसेको संचालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्तावसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
एमालेका शीर्ष नेता चढेको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता
काठमाडौं, १३ भदौ २०८० ।नेकपा एमालेका शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ । सिरहा हुने सचिवालय बैठकका अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता उक्त विमानमार्फज जनकपुर जाँदै थिए । उडान नम्बर ५०१ जहाज ९ एन एजेडओमा प्राविधिक समस्या देखिएकाले काठमाडौंमा अवतरण गराई अर्को जहाजमा जनकपुर पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।

