राजु लामाले ल्याए गीत ‘चिसो चिसो’
आर्थिक परिवेश संवाददाता

काठमाडौं | लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाको नयाँ रोमान्टिक गीत ‘चिसो चिसो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । लामो समयपछि गायक राजु लामाले रोमान्टिक शैलीको गीत ल्याएका हुन् । निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द गीतमा छ । गीतको म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ । सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रुपेश थापाले नै निर्देशन गरेका हुन् । म्युजिक भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनले बाहिर ल्याएको हो ।

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने
आर्थिक परिवेश संवाददाता

काठमाडौं | इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा…

विकास र विना अभिनित ‘एकै नजरमा’ सार्वजनिक
आर्थिक परिवेश संवाददाता

काठमाडौं | एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा विकास लामिछाने र  विना राउतको रोमान्टिक मुडमा देख्न सकिन्छ । कालिन्चोकमा छायाँकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ । भिडियो निर्देशक केशव राज भट्टले गरेका हुन् ।

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?
आर्थिक परिवेश संवाददाता

मकवानपुर | मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो । नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ । त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५…

चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड
आर्थिक परिवेश संवाददाता

काठमाडौं | चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले विशेष ध्यान पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नको कारण आजको समस्याहरू देखा परेको बताइन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताइन् । उनले भनिन्, ‘जुन समस्याहरू छन्, चिकित्सा शिक्षा आयोगले त ऐन बनाउने भयो…