१७ राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग
आर्थिक परिवेश संवाददाताकाठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । शुक्रबार बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने रायसुझाव लिने छ । आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
सेमिफाइनलमा प्रवेश गर्यो घरेलु टोली झापा–११
आर्थिक परिवेश संवाददाताझापा। घरेलु टोली झापा–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । झापा–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको…
चुनावी गतिविधितीर केन्द्रीत हुदै रुकुम पश्चिममा प्रमुख दलहरु
आर्थिक परिवेश संवाददातारुकुम पश्चिम । स्थानीय तहको चुनाव नजिकिए संगै रुकुम पश्चिम स्थित दलहरुले पनि आफ्ना गतिविधीहरु बढाएका छन् । गाउँगाउँमा आफ्ना भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्नेदेखि फरक पार्टीमा रहेका नेता कार्यकर्ता र सुबेच्छुकहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाउन थालेका हुन् । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले स्थानीय तह निर्वाचनका लागि चुनावी परिचालन कमाण्डर बनाएर स्थानीय तहहरुमा खटाएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा हाल विभिन्न गतिविधिहरु भैरहेका छन । माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिले निर्वाचन परिचालन समिति हालै गठन गरेको छ । पार्टी नगर समितिको विस्तारित बैठकले केन्द्रीय सदस्य बसन्त शर्मा कुशलको संयोजकत्वमा ४५ सदस्सीय निर्वाचन परिचालन…
शिक्षकलाई मोसो दल्ने एक विद्यार्थी परे पक्राउ
आर्थिक परिवेश संवाददाताखोटाङ । खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्ने एक विद्यार्थी पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्नमा संलग्न मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेका हुन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले बुधवार शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका थिए । शिक्षकलाई दुर्व्यवहार गरेको केही समयपछि इलाका प्रहरी कार्यालय खोटाङबजारले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका…
स्थानीय तह निर्वाचनमा महिला कार्यकारी पदमा नेतृत्व खोज्दै
आर्थिक परिवेश संवाददाताविराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार बनाउने काममा पार्टीले भुमिका खेल्नु पर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना र नजिकका ब्यक्तिलाई मात्र टिकट दिने र महिलासँधै हार्ने क्षेत्रमा मात्र पर्ने भएकोले सबै दलहरुले हरेक पालिकाको एउटा वडालाई नमुना बनाई वडामा अध्यक्षदेखि सबै पदहरुमा महिलालाई मात्र उठाउने वतावरण बनाउन आग्रह गरेका हुन् । दलको भातृ संगठनको रुपमा रहेका महिला संघहरुमा आबद्ध भएका महिला नेतृहरुले महिला संघहरु मार्फत पनि दवाव…

