नेप्से परिसूचकमा १६ अङ्कको ओरालो
आर्थिक परिवेश संवाददाता

काठमाडौँ, ३ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा रोकिएको हो । आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय…

एसीसी प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको छ । हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए । यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने । नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन…

अर्थमन्त्री पुन अमेरिका प्रस्थान
आर्थिक परिवेश संवाददाता

काठमाडौँ, ३ बैशाख । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव तथा उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले…

पहिरोमा परी १५ जनाको मृत्यु
आर्थिक परिवेश संवाददाता

एजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले…

सट्टेवाजीबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।