प्रदेश खबर

१३ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ
निकासखबर संवाददाताजनकपुरधाम, १६ जेठ । नेपाली नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । एक भारतीयसहित चारजना पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका– ६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले १३…

सिरोहिया पक्राउ प्रतिशोधपूर्ण : पत्रकार महासंघ (विज्ञप्तीसहित)
निकासखबर संवाददाताकाठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघ महासचिव रोशन पुरीद्वारा विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहिया पक्राउ भएको घटना प्रतिशोधपूर्ण रहेको दावी गरेका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदै आउका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएकोप्रति महासंघको गम्भीरता ध्यानाकर्षण भएको जनाएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार संप्रेषण गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण…

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
निकासखबर संवाददाताकाठमाडों, २७ वैशाख । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौँ देखि झापामा देखिएको मानव(हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स ९विद्युतीय सौर्य तारबार० जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ । यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति…

मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निकासखबर संवाददाताजनकपुरधाम, २७ भदाै, २०८१ । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ । उनीहरुको मिलेमतोमा जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९÷८० मा गरिएको पिसिसी ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ विगो र कैद दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता…

सहकारीका कर्मचारीको ८० लाख रूपैयाँ लुटियो
निकासखबर संवाददाताजनकपुरधाम, २४ वैशाख । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । मोटर साइकलमा आएका तीन जनाको समूहले शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट सो ८० लाख रुपैयाँ लुटेर फरार भएका छन् । राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजाने क्रममा सो रकम लुटिएको महतोले प्रहरी समक्ष बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।