खेलकुद खबर

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विरगञ्ज र जनकपुर विजयी
निकासखबर संवाददाता

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता बुत्रबारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र जनकपुर विजयी भएका हुन् । पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले लगातार दुई खेलमा पराजित भए पछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा समुह वि को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र विरगञ्जविच समुह विजतेको लागि विहिबार…

प्र्र्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु
निकासखबर संवाददाता

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् । बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले…

मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै
निकासखबर संवाददाता

काठमाडौं । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए । प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको र आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए । त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी…

उदयपुरमा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिताको आयोजना
निकासखबर संवाददाता

काठमाडौं ।उदयपुर जिल्लाको बेलाका नगरपालिकामा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो । जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखि खेल संचालन हुने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए  ।  खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा दुई बिभागीय टोली एपीएफ र आर्मी सहित सबै प्रदेश बाट खेलाडीहरुको सहभागीता रहने उहाले बताए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण…

अपराजित रहँदै नेपाल फाइनलमा
निकासखबर संवाददाता

काठमाडौं ।  त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेपाल उपाधि नजिक पुगेको हो । नेपालको जितसँगै पपुवा न्यु गिनी (पिएनजी) नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ । सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले पावर प्लेमा विकेट गुमाए पनि मध्यक्रमका दीपेन्द्रको उत्कृष्ट ब्याटिङले टोलीले सफलता निकाल्न सफल भएको बताए । नेपालले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा…