खेलकुद खबर
झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
निकासखबर संवाददाताझापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को…
अध्यक्षकप फुटबल प्रतियोगितामा रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा
निकासखबर संवाददाताझापा । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे । खेलको अग्रता कायम गरिरहेको चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । नतिजा पहिलो हाफमा १–१ को बराबारी भएको थियो । रेडहर्षको तर्फबाट दोस्रो हाफको १४औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए ।…
सेमिफाइनलमा प्रवेश गर्यो घरेलु टोली झापा–११
निकासखबर संवाददाताझापा। घरेलु टोली झापा–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । झापा–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको…
क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने
निकासखबर संवाददाताझापा । झापा गोल्ड कपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ । झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् । उनी पछिल्लो समय लिग विजेता मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । झापाको टिम सदस्यहरुमा देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्ती मगर, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा, रामजीलगायतका राष्ट्रिय खेलाडी मैदान उत्रिने प्रशिक्षक गुरुङले जानकारी दिए । त्यस्तै, झापाको पोस्ट दिप कार्कीको जिम्मामा परेको छ । उनी राष्ट्रिय टोलीका…
श्रमिक दिवसको अवसर पारेर महिला फुटबल संघकी अध्यक्षलाई सम्मान
निकासखबर संवाददाताझापा । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो । देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा. डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए । आयोजकले आज मंगलबार महिला दर्शकलाई…