पत्रपत्रिका
जेठ ९ गते प्रकाशित दैनिक पत्रिकाकाले के लेखे ?
निकासखबर संवाददाताकाठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठान गरेका छन् । विषयमा विविधता भए पनि सबैजसोको प्राथमिकतामा आज पनि नक्कली भुटानी शरणार्थी प्रकरण परेको छ । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्नमाथि अनुसन्धान सकाएर प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको सन्दर्भसँग जोडेर अखबारले विभिन्न कोणबाट समाचार पस्किएका छन् ।
कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा
निकासखबर संवाददाताकाठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत नौजनाविरुद्ध करिब ७० करोडको बिगो माग गर्दै विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। २०७६ सालमा निकै चर्चामा आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। सेक्युरिटी प्रिन्टिङ प्रेस र फ्युल स्टोरेज ट्यांक खरिदमा ठेकेदारसँग मिली कमिसन लिएर दुईवटा ठेक्का सम्झौता र भुक्तानी गरी अनियमितता गरेको अख्तियारको आरोप छ। प्रिन्टिङ प्रेस खरिद गर्नुअघि नै विभिन्न बहानामा अस्वाभाविक लागत अनुमान तयार गरी भुक्तानी गरेको भेटिएको हो। सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत सुरक्षण मुद्रण केन्द्रले कानुनविपरीत अस्वाभाविक रूपमा बढी…
छापामा आज : कसले के लेखे ?
निकासखबर संवाददाताकाठमाडाैं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले सोमबार विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाबारे निरन्तर फलोअपमा रहेका अखबारले आज पनि यसलाई नछुटाइ ‘कभरेज’ गरेका छन् । नयाँ प्रधान सम्पादक पाएको कान्तिपुर दैनिकले बजार नपाएर बारीमै तरकारी सुकेको तस्बिरलाई निकै प्राथमिकतापूर्वक मुख पृष्ठमा छापेको छ । भुटानी शरणार्थी प्रकरण चलिरहँदा जापानमा राजवंशी कोटा खुलेको भन्दै ठगी गरिएको अर्को विषय सतहमा आएको छ, जसलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचारअनुसार राजवंशी कोटाका नाममा झापा र मोरङका भित्री गाउँका ४० युवासँग गिरोहले तीन करोड ठगी गरेको छ । मदिरा सेवन गरी…
कछुवा गतिमा कोशी करिडोर
निकासखबर संवाददाताविराटनगर । कोशी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत कोशी प्रदेशको बहुप्रतिक्षित संरचना हो । तर, यसको निर्माण भने ज्यादै सुस्त देखिएको छ । कछुवा गतिमा चलिरहेको आयोजनाको सुस्तताले स्थानीयबासीलाई खिन्न बनाएको छ । कोशी करिडोरको उत्तर–दक्षिण लोकमार्गको अझै ७ किलोमिटर ट्रयाक छिचोल्नै बाँकी रहेको छ । सरकारले उच्च प्राथमिकतामा राखे पनि करिडोरको ट्रयाक खन्ने काम भने धिमा गतिमा नै अघि बढिरहेको छ । कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजना कार्यालयका योजना प्रमुख सविन कोइरालाले करिडोर अन्तर्गत १४ किलोमिटर सडकको ट्र्याक खन्नुपर्नेमा अहिलेसम्म ७ किलोमिटरको ट्रयाक खुलिसकेको बताए । ‘अहिले च्याङपाङ खण्डको ७ किलोमिटर सडकको ट्रयाक छिचोल्न बाँकी छ,’ उनले भने ‘अबको…
कुवेतमा बेचिइन् दुबई पुर्याइएकी किशोरी
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचना पाएपछि कुवेतस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको समेत उद्धार गर्ने प्रयास भइरहेको छ । भिजिट भिसामै मङ्सिर २६ मा दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकहरूमा पुर्याई जनही कम्तिमा पाँच लाख रुपैयाँमा बिक्री गरिएको खुलेको…

