पत्रपत्रिका

कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’ : सांसद्हरू नै अपराध काण्डमा
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ । अदालतबाटै दोषी ठहर भई ‘फरार सूची’ मा रहेका अर्का सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले कैलालीबाट बिहीबार पक्राउ गरेको हो । चौधरी ४…

सत्ता पक्षमै दुई धार !
पत्रपत्रिका । काठमाडौं, १९ माघ, २०७९ ।

प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । सत्तारूढ दलमध्येकै एक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका कानुनमन्त्री ध्रुवबहादुर प्रधानले केही दिनअघि संघीयताविरोधी अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्ध मन्त्रीहरूले जथाभावी बोल्न नपाउने भन्दै ‘बोल्दा ध्यान दिन’ र उक्त कुरा ‘स्पष्टीकरणको विषय बन्ने’ चेतावनी दिएका थिए । सो विषयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदहरूबीच ‘जुहारी’…

२० देशमा राजदूत खालि : कूटनीतिक सम्बन्ध ठप्प
पत्रपत्रिकाबाट

विभिन्न मुलुकमा रहेका नेपालका कूल ३० वटा राजदूतावासमध्ये २० वटा राजदूतावासमा लामो समयदेखि राजदूत पद रिक्त छ । कोभिड– १९ को महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लिनुुपर्ने तथा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बेला राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । असल सम्बन्ध स्थापित गर्ने अत्यावश्यक माध्यमका रूपमा रहेका राजदूतावास खालि रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने परराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन् । यसरी राजदूत पद खालि रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्न सक्ने उनको भनाइ छ । तीन देशका राजदूतको संसदीय…