मुख्य खबर

सत्तागठबन्धन बैठक : प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन
काठमाडाैं, ०६ भदाै, २०७९ । निकासखबर संवाददाता

सत्ता गठबन्धन दलका शीर्षनेताको बिहीबार बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्यांकसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले बिहीबार अपराह्न चारबजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्यांकसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । बिहीबार अपराह्न पुनः बस्ने गठबन्धनका शीर्षनेताको बैठकबीच प्रतिवेदन बुझाउन निर्देशन दिइएको हो । सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका…

खोला ओगट्नेको लाइसेन्स सरकारले रद्द गर्छ : ऊर्जामन्त्री भुसाल
काठमाडाैं, १८ साउन, २०७९ । निकासखबर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छन् । ऊर्जा हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पु¥याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको भन्दै ऊर्जामन्त्री भुसालले स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको बताएकी हुन् । राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले…

कस्तो छ आ.व. २०७९/८० को बजेट ? (पूर्णपाठ)
निकासखबर संवाददाता

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश तथा स्थानीयतर्फ वित्त हस्तान्तरणमा ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४…

आ.व. २०७८/७९ को आर्थिक सर्वेक्षणमा के छ ? (पूर्णपाठ)
निकासखबर संवाददाता

चालु आर्थिक वर्ष (आ.व. २०७८/७९) को चैत मसान्तसम्मको आर्थिक विवरण समाविष्ट ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रतिनिधिसभाको शनिबारको बैठकमा पेस गरिको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आर्थिक सर्वेक्षण पेस गरेका हुन् । हरेक आर्थिक वर्षको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) गणतन्त्र दिवस अर्थात् जेठ १५ मा प्रस्तुत गर्नुपर्ने संविधानमै व्यवस्था छ । र, बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्ने प्रचलन छ । सोहीवमोजिम आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने तयारीमा रहेका अर्थमन्त्रीले शनिबार आर्थिक सर्वेक्षण पेस गरेका हुन् । यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ–

विप्लव समूहका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश
निकासखबर संवाददाता

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी कन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव…