मुख्य खबर

निर्वाचन दौडधपुः प्रचण्ड चितवनतिर, कांग्रेस नेता काठमाडौंतिर
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ । निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो । तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ ।  चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका…

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी
निकासखबर संवाददाता

काठमाडौं। मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिए । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे…

प्रचण्ड गृह जिल्ला चितवनमा जाँदैः धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म
निकासखबर संवाददाता

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका(२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदै छन् । लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर(२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ ।…

स्थानीय तह निर्वाचनको सन्दर्भमा माओवादीको अपिल
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा अपिल जारी गरेको छ । समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको अपिलमा उल्लेख गरेको छ । माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने अपिलमा दाबी छ । ‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्’, अपिलमा छ, ‘जनक्रान्तिको रक्षा,राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी केन्द्रको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको छ ।’ यस्तो छ…

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुन्छः माधव नेपाल
निकासखबर संवाददाता

कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गरेका नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका हुन् । ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छ,’ उनले भने ।  नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए । उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने दाबीसमेत गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता…