मुख्य खबर
सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैनः मन्त्री मोदी
निकासखबर संवाददाताउदयपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् । थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म केवल सत्ता प्राप्तिका लागि भएको भन्दै उनले भने, “सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन ।” मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको बताए । जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसक्ने पनि उनको भनाई थियो । मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेहरुले…
भट्टजीकाे घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सचिव लेखराज भट्टसँग भेट गरेका छन् । आइतबार सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन गएको अवसरमा धनगढी गेटास्थित भट्टको घरमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए। भट्टसँग देशको स्थितिको विषयमा सामान्य र राजनीतिक कुराकानी भएको बताउँदै उनले खासै अजेन्डाको रुपमा छलफल नभएको बताए । प्रचण्डले भट्टको घरलाई आफ्नो पनि घर भएको बताउँदै भनेका थिए–‘ यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’ सो क्रममा उनले भने –‘बाँकी कुरा,…
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा
निकासखबर संवाददाताकाठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको बताएकी हुन् । सरकारले फजुल खर्च कटौती गर्न लागेको र विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने विश्वास व्यक्त गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको बताइन् । ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी…
जसपा नेपालको विधान अधिवेशन सर्याे
निकासखबर संवाददाताकाठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएका कारण विधान अधिवेशन सार्नुपर्ने जानकारी दिए । जसपाले यही चैत २६ देखि २८ गतेसम्म अधिवेशन गर्ने तय गरेको थियो । प्रमुख बस्नेतका अनुसार देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो । जसपाले विधान अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने जाएको छ ।
चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको छः मन्त्री रेखा शर्मा
निकासखबर संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएकी छन् । नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिएकी हुन् । ‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो’– उनले भनिन्– ‘तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।’…

