मुख्य खबर

रविको आक्रोश: घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन्।  बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गर्दै घण्टीलाई बजाउन मात्र होइन, घण्टी बजाइदिन मिल्ने बताएका हुन्। आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको उनले बताएका छन्। ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु’, उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९…

शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुने भएको छ । सो प्रकरणका आरोपितहरुले बयानमा नाम लिएका र कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान हुने भएको छ । बुधबार ३० जनाविरुद्ध अदालतमा मुद्दा पेश गर्ने क्रममा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका भएपनि अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा थप अनुसन्धान हुने भएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौंले ‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र…

ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
निकासखबर संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णयको प्रति निर्वाचन आयोगलाई बुझाएलगत्तै आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर सांसद कंसाकारले सांसदको शपथ भने गर्न पाएकी थिइनन् । यसअघि सर्वोच्च अदालतले कंसाकारलाई…

ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँः केशव दुलाल
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् । प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘…तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड…

नीति तथा कार्यक्रम गफको पुलिन्दा होइनः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम गफको पुलिन्दा नभएको स्पष्ट पारेका छन् । मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रममाथिको सवालमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मूलतः नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएको भन्दै शङ्का गर्नुपर्ने ठाउँ नभएको उनले बताए । ‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ ? भन्ने संशययुक्त शङ्का व्यत्तः गर्नुभएको छ, त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्न चाहन्छु । कृषि क्षेत्रको सुधार, आर्थिक सुधार गर्दै आर्थिक संवृद्धिमा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम लक्षित छ…