मुख्य खबर

‘इच्छुक’ स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरि
निकासखबर संवाददाता

काठमाडौं। २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज राजधानीमा प्रभातफेरि आयोजना गरेको छ । १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो । प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इन्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । आजै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन्।

दाहालको अभिब्यक्तिकाे बाहानामा ‘बजेट बिथाेल्ने खेल’
मनाेज भट्टराई

काठमाडौं । आजको प्रतिनिधिसभाकाे बैठक एमाले सांसदहको अवरोधका कारण स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा दिएको अभिब्यक्तिलाई लिएर एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्ब ४० करोडको सीमा (सिलिङ) राष्ट्रिय योजना आयोगले तोकेको छ । मध्यमकालीन खर्च संरचनासहित तयार पारिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम रहने गरि सरकाले ल्याउन लागको बजेटमा अबरोध पुर्याउने खेलका साथ एमाले लागि परेकाे सत्तारूढ दलले शंका गरेकाे छ  । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्दछ । बुधबारको…

रेशमलाई कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा
निकासखबर संवाददाता

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको छ । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रक्रिया सुरु भएको हो । त्यसका लागि गृह मन्त्रालय हुँदै निवेदन राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।  रेशम चौधरीसहित २० जनाको कैद मिनाहाका लागि निवेदन प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले बताएकाे छ । अहिले फाइल अध्ययनकै क्रममा रहेकाे र अध्ययन सकेपछि राष्ट्रपतिसमक्ष पेस हुने स्राेतले जनाएकाे छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था गरिएको छ। अदालतको…

सहकारीको करोडौं रकम हिनामिना गरेर फरार भएका मेयर एमालेबाट निलम्बित
निकासखबर संवाददाता

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा (एमाले)बाट निलम्बित भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको समचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको बुधबार बसेको बैठकले निलम्बन गरेको हो । एमाले गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीले एक विज्ञप्त्ति जारी गर्दै उनी निलम्बित भएको जनाएका हुन् । ‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ । उनीसहित इमेज सहकारीका पदाधिकारी…

प्रहरी कुनै षड्यन्त्रको शिकार भएको छैनः गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । उनले कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताए । आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उनले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्‍याउने काम गर्न मिल्दैन ।’ दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए । कुनै दबाव परे…