प्रदेश खबर

मिथिलामा वासन्ती छठपर्व मनाइँदै
निकासखबर संवाददाता

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन…

बाँकेको नरैनापुरमा आगलागी, १५ घरगोठ जले
निकासखबर संवाददाता

बाँके । बाँकेको नरैनापुर गाउँपालिका– ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका अनुसार आगलागीबाट ४ वटा बाख्रा पनि जलोक छन् । वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको रकरिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए । प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने नभएको र घट्नाबारे थप अनुसन्धान भइरहेको…

सरकार बचाउन पनि गठबन्धन होः गृहमन्त्री खाँण
निकासखबर संवाददाता

तनहुँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् । आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाटिकन भन्दा ।’ पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएको सहमतलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।…

स्थानीय तह निर्वाचन: अछाममा तीन दलको गठबन्धन
निकासखबर संवाददाता

अछाम । स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । सरकारमा रहेका पाँच दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर दिएका छन् भने नेकपा एमाले स्थानीय चुनावमा एक्लै जाने तयारीमा रहेको छ । सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै अछाममा पनि राजनितीक दलहरू चुनाव केन्द्रित भएका छन् । जिल्लामा क्रियाशील ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । जिल्लाका १० वटै स्थानिय तहका…

नियन्त्रणबाहिर बर्डफलू, लकडाउनको तयारीमा विभाग
निकासखबर संवाददाता

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए । उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए । कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा…