अर्थ–बित्त

भारतीय तरकारीकाे भरमा नेपाली भान्सा
निकासखबर संवाददाता

काठमाडौं । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन । तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ । फलस्वरुप हाम्रो भान्सामा भारतीय तरकारीले हिस्सा बढाउँदै लगेको तथ्याङ्ले देखाउँछ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब एक वर्षको अवधिमा भित्रिएको तरकारी तथा फलफूलको हिस्सा हेर्ने हो भने हामी पूर्णरुपमा भारतीय बजारमा निर्भर हुँदै गरेको प्रष्ट हुन्छ । हामीले दैनिक खाने तरकारी तथा फूलफूलमा भारतीय बजारको तरकारी र…

शेयर बजार दोस्रो दिन पनि लाग्याे उकालाे
निकासखबर संवाददाता

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । पछिल्लो समय लगातार रुपमा घटिरहेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको हो । सोमबार पनि शेयर बजार परिसूचक १७ दशमलव ७० अंकले बढेको थियो । मंगलबार शेयर बजार परिसूचक १२ दशमलव १० अंकले बढेर १९१८ दशमलव १० विन्दुमा पुगेको छ । मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेचबाट १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ । सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार…

मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै
निकासखबर संवाददाता

काठमाडौं । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिनुभएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए । सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो । यससम्बन्धी कानुन ‘फास्ट…

दाेहाेराे अंकले बढ्यो सेयर बजार
निकासखबर संवाददाता

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९ सय ६ अंकमा पुगेको छ । कुल १ अर्ब ३८ करोडको कारोबार भयो । १६७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहृयो । समग्र बजार बढ्दा पनि अधिकांश लघुवित्त कम्पनीहरुको मूल्य घट्यो ।  बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, अन्य १४ र ब्यापार उपसमूह २६ अंक बढे । माइक्रोफाइनान्स उपसमूह भने १७ अंक घट्यो । सुपर मादी, एसियन हाइड्रो र कालिन्चोक दर्शनको मूल्य १०…

सिटि होटल १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्दै
निकासखबर संवाददाता

काठमाडौं । सिटि होटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो । होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको…