अर्थ–बित्त

गाउँसम्मै सडक कालोपत्र भएपछि फदिमबासी हर्सीत
निकासखबर संवाददाता

पाँचथर ।  गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न भएका छन्। सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन् । उत्पाददित सागसब्जी बजार पुर्याउन सकिएको अधिकारीको भनाइ छ । यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्ने गरेकाे र बूढापाकालाई त पाँच घण्टासम्म लाग्ने गरेकाे उनले बताए ।  सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस हुने गरेकाे बताउँदै उनले  धुलो र हिलोले सास्ती खेप्नु पर्ने गरेकाे उनले बताए । फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको १० किलोमिटर सडक कालोपत्र भएपछि फिदिम पुग्न सहज भएको छ । समयमै फिदिम पुगेर…

विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो
निकासखबर संवाददाता

काठमाडाैं । अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्। अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्। यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
निकासखबर संवाददाता

काठमाडाैं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।  विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीहरुसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर…

डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख
निकासखबर संवाददाता

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा थुप्रै व्यक्तिले एक लाख पुरस्कार जितेका छन् । देवका आचार्य- रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल, एम्बिता राईले नगद एक एक लाख जितेका हुन् । सन्जु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ का डिलरबाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन। यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले…

पोखराको पर्यटन व्यवसाय संकटमा
निकासखबर संवाददाता

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी गर्यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी गर्यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए  ।…