अर्थ–बित्त
नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग बाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान
निकासखबर संवाददाताकाठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक–पटक सम्मानित हुँदै आएको छ । आर्थिक बर्ष २०७३÷०७४, २०७६÷०७७ र २०७७÷०७८ मा नोबेलले स्वास्थ्य…
सुन–चाँदीको भाउ फेरि बढ्यो
निकासखबर संवाददाताकाठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको हो। सोमबार प्रतितोला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ९ हजार ३०० कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
नेप्से सामान्य उकालाे लाग्दा कारोबार रकम ओरालाे
निकासखबर संवाददाताकाठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो । नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको…
सामाखुसी यातायात प्रालीद्वारा थप बस सञ्चालन
निकासखबर संवाददाताकाठमाडाैं । सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो । उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरे । उनले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालन गरेको बताए । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास छ”, उनले भने । प्रालीका अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सानुकाजी प्रजापतिले…
संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिन जोड
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने वक्ताहरुले संस्थाको विकासमा जनशक्ति नै महत्वपूर्ण विषय भएको बताएका छन् । महासम्मेलनको तेस्रो दिनको पहिलो सेसनमा विश्वमा कामको शैलीमा भइरहेको परिवर्तन र संस्थाको विकास विषयमा धारणा राख्दै वक्ताहरुले संस्थाको विकासका लागि जनशक्तिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने धारणा राखे । ‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनु पर्ने बताए । संस्थाको जति ठूलो ब्राण्ड…

