अर्थ–बित्त

ब्याजदर घटाउन चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघले संयुक्त पहल गर्ने
निकासखबर संवाददाता

काठमाडौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो । मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बर र महासंघबीचको सम्वन्ध स्थापना कालदेखि नै नङ र मासुको जस्तो भएको स्मरण गराउँदै अध्यक्ष मल्लले आगामी दिनमा पनि आर्थिक एजेण्डामा…

‘पैसा बैंकमै छ, ऋणको माग छैन’
निकासखबर संवाददाता

काठमाडौं । बैंकमा लगानीयोग्य रकम पर्याप्त अर्थात् २ खर्बभन्दा बढी रहेको तर उच्च ब्याजदरले ऋणको माग नै नरहेको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिटको दोस्रो सत्र ‘पैसा खोइ रु’ मा बोल्दै राष्ट्र बैंकका गभर्नर तथा बैंकरले यस्तो बताएका हुन् । गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा पर्याप्त पैसा जम्मा भइसकेको बताए । ‘५० अर्बको उत्पादनमूलक प्रोजेक्ट योजना लिएर आउने हो भने पनि चिन्ता नगर्नुस्’ उनले भने, ‘हामीसँग स्रोत छ, तर तपाईंहरू (निजी क्षेत्र) को प्रोजेक्ट कार्यान्वयन गर्ने प्रतिबद्धता चाहियो, बैंकलाई अनुकूल प्रोजेक्ट हुनुपर्‍यो ।’ कार्यक्रममा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले ऋणको माग नै यतिबेला कम रहेको स्पष्ट पारे । एकातिर कर्जाको माग…

साहुजीहरुले आवश्यकताभन्दा बढी ऋण लिइसके : गभर्नर
निकासखबर संवाददाता

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट आवश्यकता र चाहिनेभन्दा बढी ऋण लिइसकेको बताउनुभएको छ । उहाँले सोही कारण ती संस्थामा ऋणको माग धेरै नभएको उल्लेख गरेका छन् । काठमाडौंमा आयोजित इकोनोमिक समिटमा बोल्दै उहाँले मुलुक आर्थिक मन्दीमा नरहेको बताए । ‘देश आर्थिक रुपमा शिथिल जस्तै भएको छ, तर मन्दी होइन,’ गभर्नर अधिकारीको भनाई छ । सरकारले विकास खर्च बढाउन सुझाव दिँदै उनले हालको अवस्थामा बैंकहरुको खराब कर्जा बढ्नु अस्वाभाविक नरहेको प्रष्ट पारेका छन् । यता उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदरका कारण ऋणको किस्ता तिर्न नसकिने अवस्थामा पुगेको…

उकालो लाग्दै दक्षिण कोरियाको उत्पादक मूल्य
निकासखबर संवाददाता

काठमाडाैं । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) एक महिना अघिको मार्चमा ०.१ प्रतिशतले बढेको  थियो भने फेब्रुअरीमा ०.२ प्रतिशत र जनवरीमा ०.४ प्रतिशतले बढेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ । कोभिड–१९ महामारी विरूद्ध बिभिन्न   किसमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले गर्दा भोजनालय र आवास सेवाका क्षेत्रका उच्च मूल्यमा आपूर्तिकर्ताहरू बीचको सेवा मूल्य गत महिना ०.१ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । यसैगरी महङ्गा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०.२ प्रतिशतले…

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
निकासखबर संवाददाता

काठमाडाैं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट…