संघीय खबर

एमसीसीविरुद्ध ४० राजनीतिक दलहरू सडकमा : माइतीघरदेखि कोटेश्वरसम्म प्रदर्शन
निकासखबर संवाददाता

काठमाडौं, १५ फागुन । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् । विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन÷मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् । संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी…

देउवा-ओली बालकोटमा, छलफलमा को-को छन् ?
निकासखबर संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।  शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसिरहेको छ । कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन् । सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् । एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने…

एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख
निकासखबर संवाददाता

काठमाडौं । एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख भएको अस्पतालले जनाएको छ । एमसीसीविरुद्धको आन्दोलनमा काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनि गम्भीर घाइते भएका थिए । बिहीबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका उनी कसरी घाइते भए भन्ने अझै नखुलेको प्रहीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो । सुरुमा उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको भएपनि त्यहा उपचार संभव नभए पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो । गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य…

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
निकासखबर संवाददाता

काठमाडौं।  प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिए । अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको  सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि…

खुमलटारमा माओवादी नेताहरू छलफलमा, सरकारका विषयमा निर्णय गर्ने
निकासखबर संवाददाता

काठमाडौं । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी रहेका छन् । खुमलटारमा भइरहेको छलफलमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिने बताइएको छ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंदै छन्…