संघीय खबर

स्थानीय तह निर्वाचनका लागि २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ हुने
निकासखबर संवाददाता

काठमाडौं ।  निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन् । आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम…

रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने: संचारमन्त्री कार्की
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रसारण सेवामा रुपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिटै टुङ्गिने विश्वास व्यक्त गरे । उनले बिनासकारी भूकम्प र कोरोना महामारी लगाएत बिपतको समयमा रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ । वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी…

नेपालको नयाँ नक्सा नराखेको भन्दै ओलीको आपत्ति
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शीर निहु¥याउने लज्जाजनक काम अरु हुन नसक्ने बताएका हुन् । यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उनले आरोप लगाए । ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यबारे पनि प्रश्न उठाए  । त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डाप्रति सौदाबाजी…

गठबन्धन संस्कृतिको भण्डाफोर गरौं : जनता प्रगतिशील पार्टी
निकासखबर संवाददाता

काठमाडौं, ८ जेठ । हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढन आम मतदातालाई आह्वान गरेको छ ।  सत्तारुढ दलहरुले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनु भएका नेता डा. शिवजी यादवले दलहरुलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौति गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे । त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागि परेको भन्दै मतदान गर्न पनि सबै…

राष्ट्रपति विद्या भण्डारी, हिमालयन हाईड्रो एक्स्पोमा
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल  सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् । शनिबार काठमाडौंको भृकुटीमण्डवमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उहाँले यसको दिर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पारीन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाईन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न…