संघीय खबर

बालकृष्ण खाँणलाई चारदिन थुनामा राख्न अदालतले अनुमती दिए सँगै श्रीमती मञ्जु सम्पर्कविहीन
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै उनकी पत्नी मञ्जु खाण सम्पर्क विहीन भएकी छिन् । खाण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्री खाण चावहिलस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए । पक्राउ पर्नुभन्दा ठिक अगाडि उनी श्रीमतीसँग भिडियो कलमा सम्पर्कमा भएको पनि दावी गरिएको छ । खाण पक्राउ परेलगत्तै उनी पनि पक्राउ पर्न सक्ने डरले सम्पर्कविहीन भएको स्रोतको दावी छ । यसअघि पूर्वगृहमन्त्री खाणकी श्रीमती मञ्जुले पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको थियो ।…

सांसद अमरेशकुमार सिंह संसदमै लुगा फुकालेर बने अर्धनग्न
निकासखबर संवाददाता

काठमाडौं । सांसाद अमरेश कुमार सिंह सोमबार जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका भए पनि सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्। विरोध स्वरुप उनले शरीरको माथिल्लो भागको सर्ट र भित्री लुगा फुकालेका थिए। यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।

रायमाझीलाई कानुनी दायरामा ल्याउनुमै एमालेको कल्याण छः सांसद सापकोटा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी विषयलाई अन्यत्र नमोड्न एमालेलाई चेतावनी दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा भुटानी शरणार्थी प्रकरणबारे कुरा उठेपछि एमाले सांसदहरूले अरू विषयमा पनि छानबिन गर्नुपर्ने बताएका थिए। माओवादी सांसद सापकोटाले एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन एमालेलाई आग्रह गरेका हुन्। ुप्रमुख विपक्षी दलका साथीहरूले छापामार शैलीमा आफ्नो कुरा राख्ननुभएको छ। प्रधानमन्त्रीमाथि खिसिट्युरी गर्नुभएको छ,ु सापकोटाले भने,ुतपाईंहरूले भ्रष्टाचारीलाई छानबिन गर्न माग गरेको हो भने टोपबहादुरलाई ल्याउनुस्। त्यसैमा तपाईंहरूको कल्याण हुनेछ।ु नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।…

सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध
निकासखबर संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एकजनाको मृत्यु भएको भने बाँकीको उपचार भइरहेको छ । यसपछि प्राधिकरणले सिम्रिक एयरका  हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणः तानिदै शिर्षस्थ, बाक्लिदै वार्ता
निकासखबर संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले शीर्ष नेताहरुबीचको भेटवार्ता तीब्र बन्नुका साथै उनीहरु घण्टौं छलफलमा जुट्न थालेका छन् । एकअर्कालाई सत्तोसराप गर्न पछि नपर्ने नेताहरु एकाएक बन्द कोठामा छलफलमा जुट्न थालेपछि नक्कली शरणार्थी प्रकरण यत्तिकै सेलाउने त होइन ? आशंका बढ्न थालेको छ । नक्कली शरणार्थी प्रकरणमा कांग्रेस–एमालेका शीर्ष नेतादेखि नेताका सन्तान परेको आरोपपछि राजनीतिक वृत्त गर्माएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ’बाददल’का छोरा प्रतिक थापा, सचिव टोपबहादुर रायमाझी र उनका छोरा र कांग्रेस नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनकी पत्नी मञ्जुको नाम जोडिएपछि राजनीतिक क्षेत्रमा अनेक आशंका गरिएका छन् । बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ…