शिक्षा खबर

मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ
निकासखबर संवाददाता

विराटनगर । मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाकाे ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिने ५२ जना र झोराहाट, केराबारी र हरैचाबाट गरी ११६ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिदै गरेको ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।  घटनास्थलमा प्रहरी र शिक्षा विकास…

सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि
रासस

ढोरपाटन । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिङ्घारिएका केही भवन देखिन्छन् । भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन । आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ । भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ । केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै…

नेपाल विश्वविद्यालयले उच्च शिक्षामा नयाँ आयाम थप्ने विज्ञहरुको दाबी
निकासखबर संवाददाता

काठमाडौं । विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्व विद्यालय महत्वपूर्ण हुने बताएका छन् । बिहिबार शिक्षा पत्रकार समुहले काठमाडौंमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले हाल उच्च शिक्षामा देखिएका विभिन्न समस्या सामाधानका लागि नेपाल विश्वविद्यालय स्थापना फलदायी हुने विश्वाश गरेका हुन् । कार्यक्रममा नेपालमा उच्च शिक्षाको जग नै लुलो भएकाले जग बलियो बनाउँदै विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि नेपाल विश्व विद्यालय महत्वपूर्ण हुने नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले बताए । अहिलेको शिक्षा प्रणालीले निश्चित विषयको मात्र ज्ञान दिने भएकाले प्रस्तावित नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि…

महेन्द्रमोरङ क्याम्पसमा लगायो एमाले अखिलले ताला
निकासखबर संवाददाता

मोरङ । कोशी प्रदेशको ठुलो शैक्षिक संस्था विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ।  क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरुलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिएको आरोप लगाए । प्रशासनले नै कुनै विद्यार्थी संगठनलाई भोट माग्न थालेपछि आफूहरू त्यसको प्रतिकारमा उत्रिएको खनालले बताए। यता अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले नेविसंघले पराजित मानसिकता बोकेर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पसमा प्रशासनदेखि निर्वाचन समिति नै नेविसंघको पक्षमा देखिएको कारण तालाबन्दी गरेको बताए । अनेरास्ववियुले…

कृषि विश्वविद्यालयका डिन निलम्बित
निकासखबर संवाददाता

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए । कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो । दत्त कृषि संकायको डीनको ४ बर्षे…