शिक्षा खबर

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो
निकासखबर संवाददाता

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’ शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मुकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धीत निकाय बेखबर नै रहेको र…

दुर्गमको व्यथाः विद्यालय पुग्न चार घन्टा पैदल
निकासखबर संवाददाता

गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो। गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुंखानीमा अध्ययन गर्दै आएकी छन्। भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ। छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान…

मेची पारिको विद्यालय बन्द हुँदा……………..
निकासखबर संवाददाता

झापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल ९एसएसबी०को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छन्। सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन्। सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन्। ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा…

४५ दिने निःशुल्क शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै युएण्टो
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन युएण्टोले शिक्षक सेवा आयोगको आधारभूत तह(१८ कक्षा)परीक्षालाई लक्षित गर्दै ४५ दिने अनलाइन निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । युएण्टो केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुन लागेको सो अनलायन तयारी कक्षा आगामी आइतबारदेखि शुरु हुने संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । उनका अनुसार ४५ सेसनमा चल्ने उक्त तयारी कक्षा दैनिक १ घण्टा ३० मिनेटको हुनेछ । दैनिक लोकसेवा र शिक्षक सेवा आयोगका ख्याति प्राप्त विज्ञ, प्रशिक्षक, पुस्तक लेखकहरुद्वारा सहजीकरण उक्त अनलाइन तयारी कक्षामा देशभरबाट जोडिन सकिनेछ । दैनिक हाजिरी हुने व्यवस्था गरिएको छ भने नियमित ३ दिनसम्म अनुपस्थित हुनेलाई…

छोरी–बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास जनता बहुमुखी क्याम्पस
निकासखबर संवाददाता

महोत्तरी । उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको छ । गरिबीका कारण अन्यत्र जान नसकेका र टाढा जान अभिभावकको स्वीकृति नपाएका छोरी–बुहारीले यस कलेजमा उच्च शिक्षाको रहर पूरा गर्न पाएका हुन् । केही वर्षयता स्नातकोत्तर तहको अध्यापन पनि गराउन थालेको यो सामुदायिक कलेज अहिले बर्दिबासमात्रै नभएर औरही, भङ्गाहा, गौशालाका साथै मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट पनि पढ्न आउनेको उल्लेख्य सङ्ख्या छ । केही वर्ष पहिले स्नातक सकेका छोरी–बुहारी पनि स्नातकोत्तर अध्ययनका लागि आउन थालेका छन् । छोरीमात्र नभएर विवाहित बुहारी पनि नजिकमा कलेज भएपछि स्नातकोत्तर गर्न भर्ना भएका क्याम्पसकाका…