अर्थ–बित्त

१४ निर्माण व्यवसायीलाई कालाे सुचीमा राख्ने चेतावनी
निकासखबर संवाददाता

काठमाडाैं ।  ठेक्का ओगटेर निर्धारित समयमा काम गर्न नसकेका १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने निर्माण व्यवसायीलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण मागेको हो । अन्यथा कालोसूचीमा राख्ने कार्यालयको चेतावनी समेत दिएकाे छ ।  स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा अहमद हुसेन कन्स्ट्रक्सन, गुप्ता निर्माण सेवा, केपी कन्स्ट्रक्सन, ओम शान्ति निर्माण सेवा, गीताञ्जली निर्माण सेवा, सिंह कन्स्ट्रक्सन, खुशी निर्माण जेभी, कमोद कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन हुन् । त्यस्तै, सम्बुद्ध सप्लायर्स, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, कार्की किचेन, सर्जिकेम डिस्ट्रिब्युटर्स, सुरज जनरल अर्डर सप्लायर्स…

मोदी इनर्जीले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने
निकासखबर संवाददाता

काठमाडाैं ।  मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् रु २९ करोडको रु एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र…

पर्यटन मन्त्रीले सार्वजानीकगरे आगामी समयमा गर्ने १० कामकाे सुची
निकासखबर संवाददाता

काठमाडाैं ।  सँस्कृति पर्यटना तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन्  । पदबहार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ ओटा बुँदा सार्वजानिक गर्दै मन्त्री किरातीले अव गर्ने १० कामको सुची सार्वजानिक गरेका हुन् । साेमबार मन्त्रलयमा पत्रकारहरु संग भेटघाट गर्दै १० बुँदामा अव गर्ने कामहरुको सुचि सार्वजानिक गरेका हुन् ।  मन्त्री किरातीले पशुपती विश्वविद्यालय स्थापना, पशुपती सरसफाई ३ महिने अभियान, नेपाल नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथी हुने दुरव्यवहार सम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जनाएका छन् । त्यस्तै सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप०…

बिर्तामोड महोत्सवको समय अवधि तीनदिन थपियो
निकासखबर संवाददाता

झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकनकर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीनदिन थप गर्ने निर्णण गरेको महोत्सव मूलआयोजक समिति संयोजक राजु न्यौपानेले बताए । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिवकुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र…

नेपालमा पनि मनाइयो डिजिटल लर्निङ डे, प्रविधिमैत्री सिकाइमा सरोकारवालाहरूको जोड
निकासखबर संवाददाता

काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै  डिजिटल लर्निङ डे मनाएको हो । एडचेञ्ज नेपालकी अध्यक्ष डा। राजेश्वरी मल्लको सभापतित्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुला विश्वविद्यालयकी उप कुलपति प्रा। डा। सिलु मानन्धर बज्राचार्य र सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदम शाहीको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथिको रूपमा प्याबसनका…