अर्थ–बित्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केवलकारको औपचारिक उद्घाटन, लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन
निकासखबर संवाददाता

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । उद्घाटन पछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ । यसअघि यहि जेष्ठ…

२३ वटा ठेकेदार कम्पनी कालोसूचीमा
निकासखबर संवाददाता

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सरकारले पप्पु कन्ट्रक्सनसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा राखेकाे हाे । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। यी ठेकेदार मध्ये १ नम्बरमा उल्लेखित कलेज अफ इम्प्लोइमेन्ट प्रालिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । त्यस्तै २ नम्बरमा उल्लेखित ठेकेदारलाई २ वर्षको लागि तथा ३,४, र ५…

भारतीय उत्पादनको कब्जामा नेपाली बजार, नेपाली किसान मारमा
निकासखबर संवाददाता

बाँके। लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याएका छन् । प्रतिकेजी पाँच रुपैयाँ पनि नपाएपछि उनले गोलभेडा मलखादमा हालेका हुन् । सरकारी अनुदानलगायत विभिन्न सहुलियतका कारण कम लागतमा उत्पादन हुने भारतीय गोलभेडा बजरामा सस्तोमा आउँदा नेपाली उत्पादनले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । नेपाली किसानलाई बिउ, मललगायतमा राज्यले सहुलियत नदिएका कारण उत्पादन लागत महँगो पर्न जान्छ । उनको बारीमा करिब सय क्विन्टल गोलभेडा टिप्न बाँकी रहेको छ । यतिबेला उनको गोदाम पनि टमाटरले भरिएको छ । लागतसमेत उठ्ने मूल्य नपाएपछि दुई सय क्यारेट गोलभेडा मलखादमा फाल्न बाध्य भएको उनले बताए ।…

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती
निकासखबर संवाददाता

वरिाटनगर । मोरङको विराटनगरका बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका हुन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ । विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा…

देवीहाट घटनाले सयौलाई वेरोजगार बनाएको युनिकमको ठहर
निकासखबर संवाददाता

झापा । बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।