अन्ततः काठमाडाैंबाटै पक्राउ परे रायमाझी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अन्यत्रबाट पक्राउ परेर फरार भएका भन्ने विभिन्न समाचार प्रकाशत तथा प्रसारण भएका भए पनि अन्ततः रायमाझीलाइ काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय उच्च स्रोतकाे भनाइ छ । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको…
सडक अलपत्र पारेपछि सांसद ठेकेदार बिरुद्ध प्रदर्शन
आर्थिक परिवेश संवाददाताओखलढुंगा । ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीय आन्दोनलमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको गोबरसहितको तस्बिरको ब्यानर बोकेर सांकेतिक रुपमा विरोध गरेका हुन् । आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा सैयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ । १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५…
उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो
आर्थिक परिवेश संवाददाताउदयपुर । सरकारी स्वामित्वमा रहेकाे उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ । ७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीले बताए ।बीचबिचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले बाँकी ७ करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी देखिएकाे उनकाे भनाइ छ । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समय…
भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक
आर्थिक परिवेश संवाददाताकाठमाडौं । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे । कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुन्छ भने । त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले…
पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो । ०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा रहेका छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका…

