कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन खुला

निकासखबर संवाददाता

काठमाडौं । नेपाल सरकारले रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ।

बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२(२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ।

सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ भित्रै दक्षिण कोरिया पुगेर काम सुरु गर्न सक्नेछन् भने उत्पादनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ मा काम सुरु गर्ने जानकारी दिए। ईपीएसको आवेदनसँगै खुलाए पनि कृषितर्फको परीक्षा छिटो सञ्चालन गरिने उनले जानकारी दिए ।

यस पटक कृषिबाट जाने अमिकका लागि परीक्षा ट्यापको माध्यमबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको निर्देशक कटुवालले बताए । उनका अनुसार ट्यापको माध्यमबाट लिइने उक्त परीक्षामा दैनिक २०० जना सहभागी हुन सक्न गरी व्यवस्था गरिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित