नागरिक आवास कार्यक्रममा कार्यकर्ता र पहुंचवालाको हालीमुहाली
आर्थिक परिवेश संवाददाताखोटाङ । खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनोटमा मनपरी भएको छ। फुसको वा कच्ची छानालाई हटाएर जस्तापाताको छाना लगाउन सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रममा मनपरी भएको हो। २०७७ मंसिर ९ गते सुरक्षित नागरिक आवास कार्यक्रम संयोजक विशाल भट्टराईको अध्यक्षतामा जिल्ला समन्वय समितिमा बसेको बैठकले आर्थिक वर्ष २०७७र०७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग वसोवास गरेको र प्राकृतिक विपत्तीमा परेका घरमूलीलाई जस्तापाता वितरणमा प्राथमिकता दिने निर्णय गरेको थियो । तर, उनिहरुले नै जस्तापाता पाएका छैनन् । हुनेखाने र पहुंचवालाको हाली मुहाली देखिएको छ। दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१० पाथेकामा वास्तविक लाभग्राहीले जस्तापाता नै पाउन…
माओवादी केन्द्र बैठकः एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग
आर्थिक परिवेश संवाददाताकाठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस १३१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको तर अचानक अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेको हो । ‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य…
राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने
आर्थिक परिवेश संवाददाताकाठमाडौं, फागुन २० गते । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ । नेकपा एकीकृत समाजवादीका उदया शर्मा…
माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुन लागेको हो । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना…
स्थानीय तहको निर्वाचनमा होमीयो आयोग: मतदाता नामावलीमा दाबी–विरोध आजदेखि
आर्थिक परिवेश संवाददाताकाठमाडौं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको हो । फागुन २६ सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनको भनाइ छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा…

