पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियो
आर्थिक परिवेश संवाददाताजुम्ला । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित एस मोडमा झुण्डिएको छ । ट्रकको ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारको प्रयास भइरहेको छ । गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केको हो । तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रकको अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् । उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको…
८ मार्चः कथित बोक्सी आरोपी जगमती भन्छिन्- न्याय माग्न कहाँ जाउँ?
आर्थिक परिवेश संवाददाताबुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइ रहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । गत ७ मंसिर छिमेकीले उनीमाथि लगाएको बोक्सीको आरोप अहिले पनि जगमतिको मनमा गढेको छ । आफ्नै छिमेकी रामजनम यादवको परिवारले आफ्नो दुई वर्षे छोराले खाना खान छोडेका भन्दै जगमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । तर, उनी आफू झनै कुटपिटमा परिने डरले कुनै प्रतिवाद गरिनन् । मैले प्रतिवाद गरेको भए ममाथि परिवारै मिलेर कुटपिट गर्थे, त्यसले मैले कुनै किसिमको प्रतिवाद गरिन, उनी भन्छिन् ।…
एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्री सहित एमालेका जिल्ला कमिटीका आधादर्जन बढी कार्याकर्ता कांग्रेसमा प्रबेश गरेका हुन् । क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए । सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेताहरु उपस्थित रहेकोथिए ।
८ मार्च : २० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन
आर्थिक परिवेश संवाददातामहोत्तरी । २० वर्षअगाडिको कहालीलाग्दो दृश्य सम्झँदा मरणीदेवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणीदेवीको मानसपटलमा नाचिरहन्छ । उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणीदेवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु । बिरामी बच्चालाई झाँक्रीले बोक्सीु लागेको बताएपछि बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत…
एमालेमा प्रबेश गर्ने भए रंगेलीका नगरप्रमुख, माओवादी केन्द्रले गर्यो कारबाही
आर्थिक परिवेश संवाददाताविराटनगर । औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको छ । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । ‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ ९२० बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी…

