सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड
आर्थिक परिवेश संवाददातासिरहा । जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा आउने भएका छन् । सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । उनी आज मध्याह्न सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधन पनि गर्नेछन् । सहिद साहकी श्रीमती जीवछीदेवी मिर्चैया नगरपालिकाको उपमेयर छिन् ।
वायु प्रदूषणले वार्षिक ३७ हजार ६८३ जना नेपालीको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम मुलुक रहेकाले स्वच्छ र हरित वातावरणको सिर्जना र प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान गरेको छ। मन्त्रालयले विश्व स्वास्थ्य दिवसका अवसरमा बिहीबार जारी प्रेस विज्ञप्तिमा नेपाल वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप ९बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो० र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको उल्लेख गरिएको छ। नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाउँदै छ। मन्त्रालयका अनुसार नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७…
मलंगवामा गोली चल्यो, एक जना घाइते
आर्थिक परिवेश संवाददातासर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । गोली चले लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ । गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विरगञ्ज र जनकपुर विजयी
आर्थिक परिवेश संवाददाताविराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता बुत्रबारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र जनकपुर विजयी भएका हुन् । पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले लगातार दुई खेलमा पराजित भए पछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा समुह वि को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र विरगञ्जविच समुह विजतेको लागि विहिबार…
हेटौंडामा एमाले नेता एकीकृत समाजवादीमा प्रवेश
आर्थिक परिवेश संवाददाताहेटौंडा । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका-१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् । केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्द भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्द…

