तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन
आर्थिक परिवेश संवाददातातनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले करिब दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने गरी काम भइरहेको बताए । ‘सबै नेपालीको घरमा विद्युत् पुर्याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम…
चितवनबासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण
नारायण अधिकारीचितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ । वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ । तर चितवनबासीका लागि भने उहाँलाई सम्झिनेरहने अन्य कारण पयिन छन् । उनकै नेतृत्वमा…
बाबुराम र नाराणकाजी सँगै गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास
आर्थिक परिवेश संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा पालुङटार पुगेर ‘पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृहनगर रहेको गोरखा पालुङटार नगरपालिकाको बिमिरेमा आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका हुन् । मंगलबार बिहान बालुवाटारबाटै हेलिकोप्टरमार्फत प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा पुगेको थियो । यो उनको निर्वाचन क्षेत्र पनि हो । प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराई, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद फणिन्द्र देवकोटा र शुरेन्द्र पाण्डे, पालुङटारका मेयर विवश चिन्तन सहभागी थिए । यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा…
सरकारले ‘अयोग्य लडाकु’ लाई २ लाख रूपैयाँ दिने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सरकारले माओवादीका बहिर्गमित ‘लडाकु’हरूलाई राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अयोग्य लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो । यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो ।त्यही रकम अहिले दिन लागिएको बताइएको छ । कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको जनाइएको छ । नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुहरू चार हजार हाराहारी छन्। अनमिनले लडाकुहरूमध्ये ककसले युद्धमा भाग लिएका हुन् वा होइनन् र ककसको उमेर लडाकु हुन पुगेको छ कि छैन भनेर छानिबिन गरेको थियो। छानबिनका आधारमा युद्धमा भाग…
दोस्रोपटक पाए प्रधानमन्त्री प्रचण्डले विस्वासको मत
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विस्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ मत खस्यो भने एक जना तटस्थ रहेका थिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच सहमती हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हाे । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत…

