शिक्षा खबर

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारले परिक्षा दिँदा ६ हजार मात्रै उत्तीर्ण
निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ। उत्तीर्ण परीक्षार्थीलाई राहदानी…

शिक्षा पत्रकार समूहले मनायाे रजत जयन्ती, पाँच जना सम्मानित
निकासखबर संवाददाता

काठमाडौं, ५ फागुन । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । २५ वर्षअघि स्थापना भएको सो समूहले विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । कार्यक्रममा प्रमूख अतिथि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै दिइएको भन्दै प्रयाप्त छलफल गरेर नै संविधानमा विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको बताए । यसमा विभिन्न खालका टिकाटिप्पणी भइरहेको भन्दै आवश्यकता तथा जानेर नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएको प्रष्ट्याए । विद्यालय शिक्षा विधेयक हिउदे अधिवेशनबाट पास गर्नका लागि सरकार र समिति लागिपरेको भन्दै हिउँदे अधिवेशनबाट प्रतिनिधिसभाबाट पारित गराउने र बर्खे अधिवेशनमा राष्ट्रियसभाबाट…

अभिभावक पढाउँदै रोङ गाउँपालिका
निकासखबर संवाददाता

इलाम, २७ माघ । रोङ गाउँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको छ । शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुबासले बताए । ‘सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला…

गर्मी बढेपछि सर्लाहीमा पनि विद्यालय बन्द
निकासखबर संवाददाता

सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहने बतायउको छ ।

युग सुहाउँदो शिक्षण विधिको विकासबारे ३ दिने कार्यशाला सम्पन्न
निकासखबर संवाददाता

काठमाडौं । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगल स्थित सेन्ट्रल कलेजले तीनदिने कार्यशाला आयोजना गरेको हो । सोमबारदेखि सुरु भएको ’२१ औं शताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए । समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधि अनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनु भन्दा नयाँ तरीकाहरुको विकास गर्नुपर्ने उनको…