अदालती खबर

सर्वोच्चमा प्रचण्ड’ विरुद्धको रिट दर्ता हुँदै
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो । अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो । Facebook Notice for EU! You need to login to view and post FB Comments!

सर्वोच्चको आदेश संवैधानीक स्वतन्त्रताको विरुद्ध छः माओवादी
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले गत शुक्रबार सर्वोच्च अदालतले दिएको आदेश प्रति ध्यान आकर्षण भएको जनाएको छ । पार्टीका महासचिव देव प्रसाद गुरुङले एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले संविधान प्रदक्त वाक स्वतन्त्रताको खिल्ली उडाएको बताएका हुन् । गत शुक्रबार सर्वोच्च अदालतबाट रिट निवेदक ज्ञानेन्द्र राज आरणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई अदालतका न्यायाधिश ईश्वर खतिवडा र न्यायाधिश हरि फुयालको संयुक्त ईजलासबाट बदर गरी रिट दर्ता गर्न भनी रजिष्ट्रारको नाममा आदेश दिएको थियो । १० वर्षे महान जनयुद्ध, र १९ दिने जनआन्दोलन र त्यसको जगमा सम्पन्न…

निलम्बित प्रधानन्यायाधीशसँग बयान सकियो : के हुन्छ अब महाभियोग ?
रासस । काठमाडौं, २८ भदौ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग संसदको महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । मंगलबार पाँचौं दिन समितिले ३५ देखि ४३ नम्बरसम्मका प्रश्नमा जवाफ लियो । समितिका प्रश्नको जवाफका क्रममा जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको जिकिर गरे । ‘केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वानुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशबीच आपसमा मतभेद सिर्जना गर्ने काम भयो,’ उनले भने– ‘संसद् विघटनको फैसलालाई लिएर महाभियोगको प्रस्ताव दर्ता गरियो, त्यो सैद्धान्तिक विषय हो ।’ बयानका क्रममा जबराले पटक–पटक आफूविरूद्ध विनाआधार महाभियोगको प्रस्ताव दर्ता गरिएको दावी गरिरहे । मंगलबारको बयानसँगै राणासँग पहिलो चरणको बयान लिने…

बारको मतगणना आज मंगलवार ९ बजेदेखि
निकासखबर संवाददाता

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए…

नेपाल बारको मतदान जारी, मतपरिणाम आउन तीन दिन लाग्ने अनुमान
निकासखबर संवाददाता

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सूरु भएको मतदान जारी छ । काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रिय कार्य समिति चयनका लागि मतदान भईरहेको हो । बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ । अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिए । उनका अनुसार केही स्थानमा भने मतदान सकिएको…