संघीय खबर

स्वास्थ्य मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता नदिने
निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो । दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ । दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण…

प्रतिनिधिसभा बैठक आईतबार १ बजे बस्दै
निकासखबर संवाददाता

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ। प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल ९गौतम० र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ। प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग…

नक्कली कम्युनिष्टलाई जनताले नांगेझार पार्नुपर्छः झलनाथ खनाल
निकासखबर संवाददाता

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि…

देशको संकटमोचन गर्ने भूमिकामा माओवादी केन्द्र: प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संकटमोचनको भूमिकामा रहेको बताएका छन् । शनिबार नुवाकोटमा स्व‌‍‍‍‍. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न पनि समान्य नभएको बताउँदै उनले सबै कुरामा माओवादी अघि बढेर देशलाई निकास दिने काम गरेको बताए । अहिले पनि आफूहरु जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था रहेको उनको भनाई थियो । उनले अमेरिकी सहयोग परियोजना…

चुनाव केन्द्रित हुँदै दलहरुः स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा भागबण्डा
निकासखबर संवाददाता

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् ।  दलहरुले आफ्नो विगतलाई संझदै महानगरपालिकामा भागबण्डा गर्ने भएका हुन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् । उनले पार्टीका नेताहरुलाई गठबन्धनका नेताहरुलाई आँच पुर्याउनेगरि नबोल्न समेत निर्देशन दिएका छन् । देउवाले काँग्रेसको जिोको अवस्थालाई हेर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिने बताएका छन् । अहिले गठबन्धनमा महानगरपालिकामा भागबण्डा…