संघीय खबर

माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँगः विप्लव
निकासखबर संवाददाता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी नबनाउन चेतावनी दिएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा विप्लवले यस्तो गर्न खोजे क्रान्ति रिभाइभ हुने चेतावनी समेत दिए। ‘यो लोक्तन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो, इतिहास दोहोरिन सक्छ हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ’ विप्लवले भने,‘माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ।’ यो व्यवस्थामा सहिदहरुको सम्मान नहुने उनको दाबी रह्यो। ‘दलालहरुको चकचकी भएको सत्तामा सहिदहरुलाई सम्मान भेटिदैँन,ु विप्लवले भने। ‘जसले सम्मान खानुपर्ने उनीहरु अपराधीजस्तो। कठघरामा उभिनुनपर्ने चै सम्मान खाँदै हिँडेको,ु उनले भने। सहिद परिवारलाई…

लोकप्रिय बन्न सस्ता, मिठा कुरा नगर्न व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
निकासखबर संवाददाता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरु माझ लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाइ आग्रह गरेका छन् । शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरु माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेबार भएर कुरा उठाउन पनि आग्रह गरेका हुन् । निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि व्यवसायीहरु माझ गैर जिम्मेबार भई जथाभावी बोल्नु नहुने बताउँदै उनले पपुलर हुनकै लागि बैंकको ऋण र व्याज तिर्दिन भन्ने कुरा गर्नु गलत भएको बताए…

राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । आयोगले संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र निर्माण गरेको हो । रातो मतपत्र संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र…

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताए । प्रधामन्त्री दाहालले भने, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको…

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
निकासखबर संवाददाता

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाए । उनले भने, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।” संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको…