मुख्य खबर

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् ।  आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसिएनका महानिर्देशक डा ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।

कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते
निकासखबर संवाददाता

सल्यान । कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । वहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडाैं पठाइएकाे छ  । सोबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षिय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको र कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको स्थानीय रुद्रवीर कुँवरले बताए  । प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण संकलनको कार्य भइरहेको छ…

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए । प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र…

कांग्रेस सिहत ८ दलकाे सहमति राष्ट्रिय सहमति हाेः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन् ।  संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नु परेको बताएका हुन्  ।   शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको बताए । लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित समेत…

संघीय संसदमा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)
निकासखबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले नेपालको संविधानको धारा ९५ को उपधारा (२) वमोजिम सङ्‍घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ–   प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय सदस्यहरू, १. भरखरै सम्पन्‍न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्‍घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु। सर्वप्रथम प्रतिनिधि सभा र प्रदेश सभामा विजयी हुनुहुने सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिँदै नेपाल र नेपालीको विकासका लागि यहाँहरूको कार्यकाल सफल होस् भन्‍ने शुभकामना व्यक्त गर्दछु। सङ्‍घ तथा प्रदेश…