मुख्य खबर
वर्षमानद्वारा प्रचण्ड र देउवासँग फोन संवादः सहकार्य कसिलो बनाएर जनपक्षीय काम गर्न सुझाव
निकासखबर संवाददाताकाठमाडाैं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ । नेता पुनले संसदका झण्डै दुई तिहाई सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए । दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए । ‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका…
सरकारले ‘अयोग्य लडाकु’ लाई २ लाख रूपैयाँ दिने
निकासखबर संवाददाताकाठमाडौं । सरकारले माओवादीका बहिर्गमित ‘लडाकु’हरूलाई राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अयोग्य लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो । यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो ।त्यही रकम अहिले दिन लागिएको बताइएको छ । कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको जनाइएको छ । नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुहरू चार हजार हाराहारी छन्। अनमिनले लडाकुहरूमध्ये ककसले युद्धमा भाग लिएका हुन् वा होइनन् र ककसको उमेर लडाकु हुन पुगेको छ कि छैन भनेर छानिबिन गरेको थियो। छानबिनका आधारमा युद्धमा भाग…
दोस्रोपटक पाए प्रधानमन्त्री प्रचण्डले विस्वासको मत
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विस्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ मत खस्यो भने एक जना तटस्थ रहेका थिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच सहमती हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हाे । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत…
सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई टुंग्याउन चाहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले शािन्त प्रकृयालाई निष्कर्षमा पुर्याउने बताएका हुन् । विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम नभएको बताउँदै वर्तमान सरकारले अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहेको बताए । अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको उनले बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय कुनै दल विशेषको मुद्दा नभएको भन्दै…
४६ अर्ब लगानीको काँकडभिट्टा–लौकही सडक विस्तार आगामी वर्षदेखि
निकासखबर संवाददाताकाठमाडौं। पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ । ४६ अर्ब लागत अनुमान गरिएको आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन् । एसियाली विकास बैंक आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनका अनुसार सडक विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको छ। ठेक्काको प्रक्रिया लामो हुने भएकाले आगामी आर्थिक वर्षबाट निर्माण कार्य सुरु हुने उनले बताए । महर्जनका अनुसार प्याकेज –१ मा पर्ने काँकडभिट्टादेखि ४५ किलोमिटरसम्मको सडक विस्तार गर्न इबारासकम कालिका जेभी प्राविधिक रुपमा छनोट भएको छ । त्यसपछिको ८५ किमी दोस्रो प्याकेजमा रहेको…

