सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छः प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई टुंग्याउन चाहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले शािन्त प्रकृयालाई निष्कर्षमा पुर्याउने बताएका हुन् ।

विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम नभएको बताउँदै वर्तमान सरकारले अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहेको बताए । अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको उनले बताए ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय कुनै दल विशेषको मुद्दा नभएको भन्दै यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।

मा प्रकाशित