मुख्य खबर

आत्मनिर्भर अर्थतन्त्रकाे विकासमा जाेड दिनुपर्छ: मन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडाैं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे । उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन तथा समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै…

हामी सबैको एउटै पार्टी देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो” उनले भने । मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताए । उनले भने, “मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले…

बजार अनुगमन गर्नुस्, राजश्व छलि रोक्ने कदम चाल्नुस् : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । छलफलको क्रममा प्रधानमन्त्रीले भने, “राजश्व छलि नियन्त्रणसम्बन्धि जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्।” “अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस्” प्रधानमन्त्रीले भने, “कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा…

जनतामा आशाको रक्क्तसञ्चार हुने गरी काम गर्ने संकल्प गरेको छु : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनतामा रहेको निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्ने संकल्प गरेको बताएका छन् । काठमाडौंमा आयोजित सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा आफुले सम्पूर्ण तागतका साथ निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नेमा लगाउने बताएका हुन् । सरकारको अठोटमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको समेत बताए । सञ्चारमाध्यमहरूले समस्याको उजागार गर्ने, त्यसको विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सम्प्रेषण गर्नुकासाथै सरकारले गरेका सकारात्मक प्रयास र प्राप्त उपलब्धिलाई जनता समक्ष…

वित्तिय लुटपाट बन्द नभए हामी कठोर कदम चाल्छौंः बास्तोला
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेकाछन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् । बास्तोलाले ‘सहकारी, लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय बाँणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँ सम्म सेवाविस्तार गरेर जन अपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकटहलहुने धारणा राखेकाहुन् । जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको…