मुख्य खबर
हाम्रो एक इन्च पनि जमिन अरुलाई छाड्दैनौंः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । सदनमा सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । नेपालका सबै राजनीति दल र सदन एकमत छौं ।’ नेपालको राष्ट्रिय हित, एकता र सार्वभौम अखण्डता र स्वाधीनतामा कुनै सम्झौता नगर्ने उनले बताए । प्रधानमन्त्रीले भारत भ्रमणको तयारी थालिरहेको भएपनि अहिलेसम्म मिति भने तय भएको छैन ।
नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत बिनु यादवका विषयमा राज्य बेखबर
निकासखबर संवाददाताकाठमाडौं । बिनु यादव नौ दिन देखी माइतीघर मण्डलामा अनसन बसेकी छन् । आफुले न्याय पाउनु पर्ने बिभिन्न पाँचबुँदे माग राखी अनसन बसेकी हुन् । गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो को उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफ्नो इच्छा बिपरित सबन्ध बिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफुमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा अनसनरत रहेकी छन्। उनी अनसन बसेको नौ दिन बितिसक्दा पनि…
नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने
निकासखबर संवाददाताकाठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्। उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए । भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे। भण्डारीका अनुसार रेशम चौधरी हत्यारा हुन…
भ्रष्टाचारीलाई संरक्षण भए हातमा दही जमाएर नबस्ने पर्यटन श्रमिकको चेतावनी
निकासखबर संवाददाताकाठमाडौं । सक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रकम ब्रम्हलुट गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गनुपर्ने माग गर्दै देशैभरका पर्यटन श्रमिकहरुको खबरदारी अभियान शुरु भएको छ । नेपालीलाई लुटेर खान पल्किएकाहरु जो कोही भएपनि उन्मुक्ति दिन नहुने भन्दै पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल, ¥याफ्टिङ, एअरलाईन्स, सांस्कृतिक, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन ९युनिट्राभ नेपाल० ले खबरदारी अभियान थालेको हो । युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै यो प्रकरणमा मुछिएका जुनसुकै ओहदा र पदका व्यक्तिलाई कारबाही गर्न माग गरेका हुन् । अडियो प्रकरण सार्वजनिक भइसकेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर…
नक्कली शरणार्थी खडा गर्न कसले कति रकम बुझे ?
निकासखबर संवाददाताकाठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ । पूर्वउपप्रधानमन्त्री एवं निलम्बीत एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उनका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहमन्त्री थापाका छोरा (स्वकीय सचिवसमेत) ले गिरोहबाट रकम बुझेको खुलेको…

