संघीय खबर

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि…

आपराधिक समूहलाई कानूनी कारबाही हुन्छः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताएका छन् ।  कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति समेत निर्माण गरिने उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले प्रधानमन्त्री दाहाल र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई भेट गरी यही फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको आयोजनामाथि भएको आक्रमणका बारेमा जानकारी गराएको थियो । कुल ३५ मेगावाट क्षमताको न्यासिमखोला जलविद्युत् आयोजनाको निर्माणस्थलमा एक आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक…

टयिुलाई माओवादीको पत्रः पञ्चा सिंह नेतृत्वको संगठन आधिकारिक
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालय सहित सबै विश्वविद्दालयलाई पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन् । आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भनेर भ्रम श्रृजना भएकोले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् ।  आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसिएनका महानिर्देशक डा ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।

प्रधानमन्त्रीलाई वुझाइयो राष्ट्रिय युवा परिषदको बार्षिक प्रतिवेदन
निकासखबर संवाददाता

काठमाडौं। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई वार्षिक प्रतिवेदन वुझाएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सो प्रतिवेदन वुझाएको हो। २४२ पृष्ठको प्रतिवेदनमा परिषदले आर्थिक वर्ष ०७८ /०७९ मा गरेका काम र गतिविधि समेटिएको छ । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा २४ को उपदफा २ वमोजिम वार्षिक रिपोर्ट वुझाइएको बस्नेतले वताए। प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता , स्वयंसेवक विकास तथा परिचालन , प्रतिभा पहिचान तथा प्रोत्साहन , सहुलियतपूर्ण कर्जा सहजिकरण र वित्तीय साक्षरता लगायतका कार्यक्रम समेटिएका छन् । त्यसैगरी विज्ञान तथा प्रविधि प्रवर्द्धन , नवप्रवर्तन तथा इन्कुवेसन , नेतृत्व विकास कार्यक्रम…