प्रवास खबर

रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं, १ चैत । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यससँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको…

चितवनमा खिचिएको याे तस्वीर विश्वकै उत्कृष्ट
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । हात्तीले शरीरको झिंगा धपाउन बालुवा छर्किँदै गरेको एक तस्वीर विश्वको उत्कृष्ट तस्वीर बनेको छ । पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको उक्त तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको हो यो सँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेको छ । विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड (२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।…

आदिवासी जनजाति र थारु समुदायको विषयमा संयुक्त राष्ट्र स्थायी मञ्चमा मन्त्री मोदीले गरे सम्बोधन
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा महत्वपूर्ण सम्बोधन गरेका हुन् । लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशिल संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे । आफू सम्बद्ध पार्टी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने, “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन…

कतारमा मनाए नेपालीले नयाँ वर्ष
निकासखबर संवाददाता

दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँवर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन । जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरु सहभागि कार्यक्रममा नयाँ बर्षले नयाँ उमंग थप्ने विश्वास लिर्दै उनीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । जागरुक युवा समाज नेपालका संरक्षक रविन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रुपमा क्यालेण्डको बिमोचन गरेका थिए । रोजगारीको सिलसिलामा दोहामा ९ बर्षदेखि कार्यरत हेटौंडा…

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य
reporter

काठमाडौं | गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उनले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिएका छन् । एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताए । उनले प्रश्न गर्दै भने,‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो ?’ अध्यक्ष कुमार पन्त र आफू विवाद…