प्रदेश खबर

महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयनः शुभद्रा आले
निकासखबर संवाददाता

काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ । विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ९असई०बाट सेवानिवृत्त…

प्रदेश १ की एक्ली महिला स्थानीयतह अध्यक्ष, जसले संघीयतालाई स्थापित गर्न मिहिनेत गरिन्
निकासखबर संवाददाता

झापा । मेनुका काफ्ले लामो राजनीतिक संघर्षले स्थापित नाम हो । ०३६र०३६ को विद्यार्थी आन्दोलनले जन्माएको योद्धा हुन्, मेनुका । २०४० सालबाट नेपाली कम्युनिस्ट आन्दोलनमा ‘होल टाइमर’ भएर होमिएकी मेनुका पार्टीको विभिन्न कमिटीमा काम गर्दै अहिले केन्द्रीय सदस्य भएकी छन् । संघीयतापछि भनेको पहिलो स्थानीय सरकारको पनि नेतृत्व गर्दै छिन्, उनी । संघीयतालाई संस्थागत गर्ने ठूलो जिम्मेवारी सम्हालेर २०७४ को स्थानीय तहको निर्वाचनपछि उनी झापाको कमल गाउँपालिका अध्यक्ष छिन् । उनी गोलाप्रथाबाट विजयी भएकी हुन् । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुकुमसिंह राईसँग बराबरी मत भएपछि भएको गोलमा उनी विजयी भइन् । काफ्ले प्रदेश(१ कै एक्ली महिला पालिका अध्यक्ष हुन्…

भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन
निकासखबर संवाददाता

पोखरा । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नो विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताको परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षको यात्रा तय गरेर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेको बताउँछिन् । ‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दुस्ख व्यहोर्नुपरेन । गाह्रो त कति भयो भयो, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला…

स्थानीय तह निर्वाचनमा युवा उम्मेदवार
निकासखबर संवाददाता

म्याग्दी।  म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् । राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ । प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् । उनीहरुले जनसम्पर्क विस्तार, सङ्गठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् । यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा…

गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा , सर्वसाधरण त्रसित
निकासखबर संवाददाता

जाजरकोट। अचम्म लाग्छ गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा भन्दा तर, जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । उनि हतियार सहित गाउँमा हिड्न थाले पछि स्थानीय त्रसित भएका छन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका हुन् । गाउँपालिका अध्यक्ष जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्ने गरेको एक जनप्रतिनिधिले बताए । अध्यक्षको आलोचना भई रहेको भए पनि आफूहरुले त्यस्तो नगर्नुस् भन्दा नमान्ने गरेको उनको भनाइ छ छ । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।…