अर्थ–बित्त

नियन्त्रणबाहिर बर्डफलू, लकडाउनको तयारीमा विभाग
निकासखबर संवाददाता

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए । उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए । कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा…

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुग्छः खानेपानी मन्त्री चौधरी
निकासखबर संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् । विहिवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका हुन् । उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउ । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख…

चितवनका आठ फार्ममा भेटियो बर्डफ्लु, फार्म आसपासका पक्षी नष्ट गरिँदै
निकासखबर संवाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी–६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए । त्यस्तै, भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल…

कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन खुला
निकासखबर संवाददाता

काठमाडौं । नेपाल सरकारले रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२(२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ। सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा
निकासखबर संवाददाता

काठमाडौँ । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण…