क्लबहरुलाई थप रकम दिनेदेखि चुनाव गर्नेसम्मः यस्ता छन् एन्फाको बैठकका १२ निर्णय
आर्थिक परिवेश संवाददाताकाठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । पुस २२ र २३ गते बसेको उक्त बैठकले विभिन्न प्रतियोगितामा विजेता र उपविजृता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । यस्तै शहिद स्मारक ए,बी र सी डिभिजन लिगका क्लबहरुलाई तयारी स्वरुप दिइँदै आएको तयारी खर्चमा थप २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । यसैगरी विभिन्न निर्माण कार्यबाट बाँक्ी रकम सदुपयोग गर्ने तथा फिजियोथेरापीको सामान प्रक्रिया पुर्याएर खरिद गर्ने निर्णय पनि बैठकले पारित गरेको छ । यस्तै आगामी…
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा
आर्थिक परिवेश संवाददाताकाठमाडौं | ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्ने खेलाडी छनोट गरेको हो । टोलीमा १४ नियमित र चार वैकल्पिक खेलाडी छन् । टोलीको उपकप्तानमा विशाल पौडेल रहनुभएको छ । अन्य खेलाडीमा विधान श्रेष्ठ, दीपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द विक, सन्दीप खत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल रहेका गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।…
मुक्तिनाथ बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा पैसा नलाग्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं | मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो । योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ । बैंकले यस्तो सुविधा समय अनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने
आर्थिक परिवेश संवाददाताकाठमाडौं | महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकले अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका सेवाग्रहीहरुलाई स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत अस्पतालको बिल भुक्तानी गर्ने ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा ,भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त…
सिटिजन्स बैंकले सुरु गर्यो कार्डलेस् विड्र सेवा
आर्थिक परिवेश संवाददाताकाठमाडौं | सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विड्र सेवाको शुभारंभ गरेको हो । योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ । शुक्रबार एक समारोहकाबीच कार्डलेस विड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।…

