सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन
आर्थिक परिवेश संवाददाता

काठमाडौं | नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ भदौमा एकाउक लडेका उनलाई परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको उपचारमा संलग्न डा. रोहन झाले बताए । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचापलगायतका दीर्घरोगबाट पीडित टुहुरेको शल्यक्रिया हुन सकेन । दोस्रो संविधानसभा सदस्य समेत रहेका जनगायक टुहुरेको…

संसद् अवरोधले निजामती ऐन आउन सकेन : मन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाता

काठमाडौं | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएका छन् । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले लामो समयदेखि संसद् अवरोध भइरहेकाले ऐन पारित हुन नसकेको जानकारी दिए । सङ्घीयताको लोकप्रियता बढाउन संसद्को गतिरोध हट्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कर्मचारीको मनोबल बढ्ने हिसाबले ऐन आउने र यसले सबै तहका कर्मचारीलाई सन्तुष्ट बनाउने बताए । सरकारले प्रशासन सुधार आयोग बनाउने बताउँदै उनले मुखमा सङ्घीयता र व्यवहारमा एकात्मक सोच हुनुहुँदैन भने । सङ्घले कानुन बनाउने र प्रदेशले विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले प्रदेशको सम्पूर्ण…

माओवादी महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल
आर्थिक परिवेश संवाददाता

काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो । सुरुमा १ हजार ६ सय ३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर १ हजार ७ सय पुगेको छ । स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ र पूर्णाकुमारी सुवेदी…

Hello world!
आर्थिक परिवेश संवाददाता

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!